Home » » Unlabelled
» हेर्नुहोस भिडियो जापानको हिरोसिमाको जस्मा १४०००० जना मानिस को मृत्यु भयो त्यो पनि १० सेकेन्ड मा , अमेरिकाले गरेयो भिडियो सार्वजनिक डर लाग्दो (video)
न्यूयोर्क–त्यस दिन क्यालेण्डरमा तारिक थियो ६ अगस्त १९४५ । जापानको हिरोसिमाको आकाश एकदम सफा थियो , काँही पनि बादल देखिएको थिएन । हिरोसिमाका मानिसका लागि यो विहानी सधैंको जस्तो थियो । सबै आफ्नो काममा खटिएका थिए । तर त्यो सामान्य दैनिकी एक पलमा समाप्त हुनेवाला थियो । इतिहास लेखित बाँकी थियो, त्यसकोलागि सम्पुर्ण कुरा तयार थियो ।अमेरिकाका तत्कालीन राष्ट्रपति ह्यारी एस ट्रुम्यानले गोपनीय अभियानमा जापानमाथि परमाणु बम खसाल्न अनुमति दिइसकेका थिए ।विहान दुई बजेर ४५ मिनेटमा अमेरिकी वायुसेनाको बमवर्षक बी–२९ 'एनोला गे' उडान भर्यो, दिशा थियो पश्चिम, लक्ष्य थियो जापान ।
हिरोसिमाको लागि जुन बम लगिएको थियो, त्यसलाई पूर्व अमेरिकी राष्ट्रपति रुजवेल्टको भनाइमा 'लिटिल व्याई' को नामबाट चिनिन्छ ।बी–२९ मा जब 'लिटिल व्याई' लाई लोड गरियो त्यो बेला 'लिटिल व्याई' सक्रिय बम थिएन । किनभने त्यसमा बारुद भर्न बाँकी थियो भने बमको सर्किट पनि पुरा थिएन । 'एलोना गे' विमानको चालक दलमा सामेल १२ जनामा पल डब्लू ब्बिेत्स, सहचालक थियोडोर, जे वन किर्क र शस्त्र अधिकारी मसि ज्याप्सन सहभागी थिए ।
मरिस ज्याप्सन ती व्यक्ति हुन जसको हातमा 'लिटिल व्याई' अन्तिम पटक थियो । उनले आफ्नो चालक दलका सहयोगी डिक पार्सनसँग मिलेर ठूलो चार व्याग बारुद 'लिटिल व्याई' मा राखेका थिए । त्यसपछि ज्याप्सनले 'लिटिल व्याई' मा प्लग लगाएर जिवित गराए । हिरोसिमा एक बन्दरगाह शहर थियो, जो जापानी सेनाको रासन ल्याउन केन्द्र थियो । यो शहर सामरिक दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण थियो । त्यँहीबाट जापानी सेनाको संचार संन्यत्र संचालन भएको थियो ।
त्यो बेलासम्म हिरोसिममा विहानको ८ बजिसकेको थियो । 'एनोला गे' ले 'लिटिल व्याई' लाई आकाशबाट खसाइ दियो । 'एनोला गे' को कमान पाइलट कर्नल पल डब्लु तिब्बेत्सको हातमा थियो । 'केही यस्तो थियो जसको कल्पनासम्म पनि गर्न सकिँदैन,' तिब्बेत्सले भने,' मैले बम खसालेपछि एक सेकेन्ड फर्केर हेर अनि अगाडि बढें । बम खसालेपछि धुँवा र बालद तथा आगोको मुस्लो तेजीसँग फैलिएको देखेको बताए । यसरी केही सेकेण्डमा नै हिरोसिमा सबैथोक निर्जन भइसकेको थियो... उजाड अनि विरोनो ।
अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रूम्यानले घोषणा गर्दै भनेका थिए, 'केही बेर पहिला एक अमेरिकी जहाजले हिरोसिमामा बम खसालेर दुश्मनकोमा भारी विनाश मचाइएको छ। । यो बम २० हजार टन टिएनटी क्षमताको थियो र अहिलेसम्म प्रयोमा आएको बम भन्दा दुई हजा गुना शक्तिशाली थियो ।' उनले भने, 'यो बमको साथै हामीलाई हतियारको श्रृंखलामा एक नयाँ क्रान्तिकार विध्वसंक हतियार मिलेको छ जसले हाम्रो सेनालाई बलियो बनाउँछ '
अमेरिकी सो आक्रमणमा जापानमा मृत्यु हुने नागरिकको आधिकारित संख्या एक लाख १८ हजार ६ सय ६१ बताइएको छ । अनुमानका अनुसार हिरोसिमाको कुल तीन लाख ५० हजारको आवादीमध्ये एक लाख ४० हजार मानिस सो आक्रमणमा मारिएका थिए । यसमा सैनिक र ती मानिस सामेल थिए, जो पटि परमाणु विकिरणको कारणले उनीहरुको मृत्यु भयो । धेरै मानिस लामो विरामी र अपांगताको शिकार भए
Post a Comment