0


काठमाडौं, २१ असार । जीवनकुञ्जमा दैनिकी जीवन बिताइरहेका पूर्व युवराज पारस शाह र पत्नी हिमानी छुट्टै बस्ने गरेका छन् । करिब चार वर्ष लामो थाइल्यान्ड बसाइपछि नेपाल आएका पारससँग छोरी पूर्णिका,कीर्तिका र छोरा हृदयन्द्र बस्ने गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । पत्नी हिमानी भने निर्मल निवासमा बस्ने गरेकी छिन् । धर्मकर्ममा अधिक विश्वास गर्ने हिमानीलाई कपन पञ्चकन्या बस्दै आएकी माता सविता सरु शर्मा आचार्यले तत्काल श्रीमान् पारससँग नबस्न आग्रह गरेपछि उनी अहिलेसम्म छुट्टै बसेकी छिन् । निर्मल निवास स्रोतका अनुसार माताकै आग्रहपछि पारस र हिमानीसँगै बस्ने सम्भावना रहेको छ ।

Post a Comment

 
Top