
![]() |
कुनै पनि सम्बन्धमा रहनुको अर्थ हो, सम्झौता । सम्झौतामा यस्ता कार्यहरु पर्दछन्, जुन हामी नचाहेर पनि आफ्नो साथीको लागि गर्ने गर्दछौ । महिलाको हकमा के कुरा महत्वपूर्ण हुन्छ भने उनीहरु केही कुरामा अडिग रहनु पनि जायज नै हुन सक्छ । केही कुरा त्याग्नु वा सम्झौता गर्नुको अर्थ माया गर्छु भन्ने कदापि होइन ।
यहाँ यस्ता १० कार्यहरु दिइएका छन्, जुन महिलाले पुरुषको लागि गर्न हुँदैन ।
१) कुकुरलाई नत्याग्नुहोस् :
यदि तपाईको प्रेमीलाई कुकुरसँग एलर्जी छ भने त्यसको उपचार पनि रहेको छ । अरुलाई खुशी दिलाउन तपाईलाई खुशी दिने केही कुरा नि त्याग्न जरुरी छैन ।
२) भोको बस्नु :
फिगर मेनटेन गरेर प्रेमीलाई खुशी दिन र आकर्षित गरिरहनको लागि भोको बस्न जरुरी छैन । व्यायाम नै पर्याप्त हुन्छ ।
३) बच्चा पाउनु :
बच्चा पाउनु एक यस्तो कार्य हो, जसमा तपाई पूर्णतया तयार हुनुपर्दछ । केवल आफ्नो प्रेमी वा पतिलाई खुशी दिनामात्र आमा नबन्नुहोस् ।
४) पहिरन नत्याग्नुहोस् :
आफ्नो साथीको लागि पहिरन नत्याग्नुहोस् । यदि ऊ तपाई निश्चित पहिरनमात्र लगाओस् भन्ने चाहन्छ भने त्यो उसको समस्या हो, तपाईको होइन ।
५) अनौठो यौन आसन :
आफ्नो अडानमा यथावत रहनुहोस् यदि तपाई बेडरुममा केही कुराको विपरीत हुनुहुन्छ ।
६) ट्याटु :
कहिल्यै आफ्नो प्रेमीको नाम शरीरमा नखोपाउनुहोस् । समय कुनै बेला नि परिवर्तन हुन सक्छ । कतै तपाईको यो कदम जीवनको ठूलो गल्तीमा परिणत नहोस् ।
७) हैकम जमाउन नदिनुहोस् :
कहिल्यै पनि आफूमाथि हैकम जमाउन नदिनुहोस् । सम्बन्ध सधैँ समानतामा आधारित हुनुपर्छ ।
८) बिल तिर्ने मामिलामा :
बहिर खाना खान जाँदा सधैँ आफ्नो केटा साथीलाई बिल तिर्न नलगाउनुहोस् ।
९) तल परेको नदेखाउनुहोस् :
आफ्नो केटा साथीभन्दा कम बुद्धिमानी रहेको स्वाँङ नपार्नुहोस् ।
१०) साथीबाट टाढा :
उसलाई तपाईको जरुरत छ भन्दैमा साथीलाई नछोड्नुहोस् ।
बलियो र स्थायी सम्बन्धको लागि स्वस्थ सम्झौता हुनुपर्दछ । जे कुरा पनि अति भयो भने खति हुन्छ । सधैँ हेक्का राख्नुहोस्, त्यस्ता केही कुरा छन् जुन तपाई आफ्नो साथीलाई खुशी तुल्याउनको लागि त्याग नगर्दा नै उचित हन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

![]() |
Post a Comment