0
सीमांकन सहितको ६ प्रदेशको विरोधमा सुरु भएको प्रदर्शन उग्र बनेपछि सोमबार ५ जना प्रहरीको मृत्यु भएको छ । कैलालीको टिकापुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एसएसपी सहित ५ जना सुरक्षाकर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय टिकापुरले जनाएको छ । थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप हुँदा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहोरा र एसएसपीका सुरक्षा गार्डको मृत्यु भएको छ । यद्यपी स्थिति तनाग्रस्त भइरहेकाले मानवीय क्षेती र अन्य हताहतीका बारेमा भने पुष्टि भने भइसकेको छैन् । तीन जनाको प्रहरीको मृत्यु भएको पनि खबर आइरहेको छ । आधिकारीक रुपमा प्रहरीले केही जानकारी गराउन सकेको अवस्था अझै छैन ।
एसएसपी सहित ५ जना सुरक्षाकर्मीको मृत्यु भएको भन्ने खबर आएपनि पुष्टि हुन बाँकी रहेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले मिडिया एनपीलाई जानकारी दिए । उनका अनुसार काठमाडौंबाट हेलिकप्ट कैलाली पठाएको केही समयपछि वास्तविक खबर बाहिर ल्याउँछौं ।
कैलालीको मुनुवा–६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । हजारौंको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो । प्रदर्शनकारीले घरेलु हतियारले आक्रमण गरेका छन्। बन्चरो र भाला प्रयोग गरेर प्रहरीको ज्यान लिएका हुन्। थरूहट पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि भएको दोहोरो भिडन्तमा केही हताहत भएका छन्। स्थानीय प्रशानले २ बजेदेखि लगाएको कर्फ्यू तोडेर प्रशर्नकारीले टिकापुरको सशस्त्र प्रहरी बेसक्याम्पमा आक्रमण गरेका थिए। कर्फ्यू अनिश्चितकालसम्म लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।

Post a Comment

 
Top