![]() |
साउन २० बुधवार
मुस्लिम राष्ट्र यूनाइटेड अबर इमिरेट्स (दुवई) पूँजीवादी विश्वको घेराबाट अलग छैन । खासगरी औधोगिक र पूर्वाधार विकासमा द्रुत गतिमा दौडेको यो देशमा पछिल्लो समय यौन पर्यटनको व्यवसाय पनि निकै फस्टाउन थालेको छ ।
चीन, रुस, भारत, बंगलादेश, उज्वेकिस्तान, अर्मेनिया, नाइजेरिया, इथोपीया, सोमालिया, इराक, फिलिपिन्स, पाकिस्तानलगायत देशबाट यहाँ यौन व्यवसायकै लागि युवतिहरु आउने क्रम बढेको छ । डान्सबार, क्लव तथा व्यावसायीहरुसँग सम्बन्ध हुने विभिन्न व्यक्ति वा समुहको सहायताबाट ती महिलाहरु दुबई पुग्छन् ।
कतिपय घरेलु कामदारको रुपमा आउने युवतिहरु पनि यौन व्यवसायमा संलग्न हुने गरेका छन् । व्यवसायीहरुका अनुसार यस्तो पेसामा सहजै प्रशस्त पैसा कमाउन सकिने भएकाले पनि युवतिहरु स्वेच्छाले आकर्षित भएका हुन् ।
साइबेरीयन महिला सास्योर यौन पेसामा संलग्न छिन् । ‘हाम्रो देश राम्रो जागिर र पैशा कमाउने दृष्टिले खास राम्रो छैन । यसैले पनि दुवई आउन बाध्य छौँ’, उनी भन्छिन्, ‘र पैसा कमाउनका लागि यो सहज माध्यम पनि हो ।’
सास्योर ग्राहकसँग यौन सम्पर्क गरेवापत प्रति घण्टा ५ सय दिराम लिने गर्छिन् । तर, रातको समयमा सोही काम बापत १ हजार दिराम उनको रेट हो ।
उनीजस्ता अरु थुप्रै युवतिहरु यसैगरी यहाँ आउने पर्यटकहरुसँग यौन सम्पर्क वापत पैसा लिने र्गछन् । यसका लागि उनीहरु आफ्ना ग्राहकलाई डान्स बार वा क्लबमा पनि भेट्छन् ।
यौन व्यवसायमा लाग्ने धेरैजसो युवतिहरु भने धनी ग्राहकहरुसँग बेश्यागमनका लागि लालायित हुन्छन् । साइबेरियाकी ४५ वर्षे मारिया भन्छिन्, ‘म राम्रो जोडीको खोजीमा छु । यूरोपीयन वा ब्रिटिश ।’ यसले पनि के थाहा हुन्छ भने यूरोपीयन वा बेलायती पुरुषहरु उनीहरुको पहिलो रोजाईका ग्राहक हुन् ।
राष्ट्रियता अनुसार यौन सम्पर्कवापत युवतिहरुको दर पनि फरक फरक तोकिएको छ । चिनियाँ युवतिहरु सबैभन्दा सस्तो रेटमा सेवा दिनेमा पर्छन । उनीहरु कम्तिमा १ सय ५० अमेरिकी डलरमा यौन सम्पर्कका लागि तयार हुन्छन् ।
तर, मध्यपूर्वी देशहरुबाट आएका युवतिहरुको रेट सबैभन्दा उच्च छ । उनीहरु एउटै ग्राहकबाट १ हजार अमेरिकी डलरसम्म लिने गर्छन् ।
दुर्वइ सरकारको फितलो कानुनी व्यवस्थाका कारण पनि यहाँ यौन व्यवसायले व्यापकता पाएको छ । यसलाई नियमन गर्न दुर्वइ सरकारले खासै ध्यान दिएको छैन ।
त्यसो त, मानव अधिकारकर्मीहरु नै यसरी मौलाएको यौन व्यावसायलाई पूँजीवादको संकेतको रुपमा हेर्छन् । उनीहरुका अनुसार यस्तो हुनु आधुनिकता सँगै
विश्वब्यापीकरण पनि हो । साथै, यहाँको वेश्याबृत्तिलाई यौन पर्यटनको रुपमा पनि हेरिएको छ ।
(डिस्कभरी च्यानलको रिपोर्टमा आधारित)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment