0


काठमाडौँ, २१ असार - खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था सोमबारदेखि लागु हुने भएको छ।श्रम तथा रोजगार मन्त्रालयको गएको जेठ २६ गते कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स ९दुबई०, ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागु गर्ने निर्णय सोमबारदेखि कार्यान्वयनमा आएको हो। 

निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा सहित कामदारको माग भएकालाई मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ।यो निर्णय कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाउनु पर्ने छ। त्यस्तै कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहाँका म्यानपावर कम्पनीले १० हजार रुपैयाँसम्म कामदारबाट सेवा शुल्क लिन पाउनेछन्।

नयाँ व्यवस्था लागु भएपछि १० हजार देखि २० हजार रुपैयाँको हाराहारीमा मात्रै कामदारले यी सात मुलुकमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने हुन्छ। यसअघि नेपाली कामदार एक लाख रुपैंयाभन्दा बढी तिरेर रोजगारीमा जाँदा गएको लागत खर्च उठाउनै वर्षदिन लाग्ने अवस्थाले कामदार मारमा पर्दै आएका थिए।

Post a Comment

 
Top