
![]() |
क्वीन म्याग्रेट यूनिभर्सिटी एडिनबर्गले गरेको एक अनुसन्धानले अनारको जुस पिउनाले सेक्स इच्छालाई बढाउने दाबी गरेको छ । अनारको जुस पिउनाले सेक्स इच्छा बढाउने टेस्टास्टेरन हर्मोनको मात्रा बढाउने अध्ययनले पत्ता लगाएको हो । यसको प्रयोगले सेक्स इच्छा सामान्यभन्दा यसको मात्रा १६ देखि ३० प्रतिशत सम्म बढ्छ ।नियमित रुपमा अनारको जुस पिउनाले व्यक्तिमा उसको यौन इच्छाको साथसाथै स्मरण शक्ति समेत बढ्दै जान्छ ।
त्यसका साथसाथै मानसिक सन्तुलन पनि ठिक रहन्छ ।यसको अनुसन्धानका लागि केही व्यक्तिहरुबिच प्रयोग गरिएको थियो जो २१ देखि ६४ बर्ष उमेर भित्रका थिए । खुशीको कुरा के छ भने यो महिला र पुरुष दुबैका लागि एकदमै उपयोगी भएको दाबी अनुसन्धानकर्ताहरुको रहेको छ ।पहिला पनि अनारको अनुसन्धान शरिरको रगतको सञ्चालन र स्वस्थ शरीरका लागि गरिएको थियो जो अब यी दुबैका लागि उपयोगी भएको पुष्टि भएको छ । अनुसन्धानले अनारको जुस पिउनाले नेगेटिभ इमोशनललाई कम गरी पोजिटिभ इमोशन बढाउन मद्दत गर्ने कुरा बताइएको छ ।

![]() |
Post a Comment