Home
»
» Unlabelled
» सलमानको फिल्म बजरंग भाईजानको रिलिज रोकिन सक्ने
भारतीय अभिनेता सलमान खानको १७ जुलाई (इद)मा रिलिज हुन लागेको फिल्म "बजरंग भाईजान" रिलिज गर्न रोक लाग्न सक्ने भएको छ । भारतको "इलाहावाद उच्च अदालतमा" सलमान खानको फिल्म बजरंग भाईजान रोक्नुपर्ने माग गर्दै एक निवेदन दर्ता भएको छ ।बहुसंख्यक जनताको धार्मिक भावनामा चोप पुग्ने दृष्य फिल्मा राखियको भन्दै फिल्म रिलिजमा रोक लगाउन माग गरिएको हो । यो विषयले गर्दा सलमान खान पछिल्लो समयमा निकै झमेलाहरुमा फसिरहेका छन् । सो फिल्म बजरंग भाईजानमा सलमान सहित करीना कपुर खानको समेत अभिनय रहेको छ । एजेन्सी
Post a Comment